Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित


0
Shares

काठमाडौं, मंसिर १८ । मंगलबार प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भयो ।

बिहान ११ बजे बोलाइएको बैठक दुईपटक स्थगित गर्दा पनि कोरम नपुगेपछि सामान्य छलफल गरेर पुनः स्थगन गरिएको थियो ।

निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न बैठक डाकिएको थियो ।

कोरम नपुगे पनि अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तभरणले पारेको व्ययभार र विधेयकका सन्दर्भमा सामान्य जानकारी गराएका थिए ।