Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


श्रीमान्ले गरे श्रीमतीको हत्या


0
Shares

कन्चनपुर, फागुन ३ । कन्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् ।

‘घरमा श्रीमती मादकपदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ’–इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले भने–‘सम्झाउनेक्रममा विवाद हुँदा बिरुले थप्पड हान्दा श्रीमतीको ज्यान गयो ।’

बिहीबार बिहान घटनास्थल पुगेर प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ । रासस