Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


संकटाद्वारा पुलिस पराजित


0
Shares

काठमाडौं, मंसिर १८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब पुनः लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

छैटौं चरणको खेलमा मंगलबार नेपाल पुलिस क्लबमाथि २–१ को जितसहित संकटा दोस्रो स्थानमा पुगेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको २९औं मिनेटमा सरोज दाहालले हेडमार्फत् सुन्दर गोल गर्दै संकटालाई प्रारम्भिक अग्रता दिलाएका थिए ।

३७औं मिनेटमा दिपेश आलेमगरले गोल गर्दैै संकटाको अग्रतालाई दोब्बर गरे । त्यसको दुई मिनेटमै पुलिसका रविशंकर पासवानले गोल गर्दैै अन्तर कम गरे ।

त्यसपछिको समयमा कसैले गोल नगर्दा संकटाले महत्वपूर्ण ३ अंक बटुल्यो ।

सशस्त्रद्वारा एनआरटी पराजित

यसअघि, मंगलबारै भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले न्यूरोड टिम (एनआरटी)लाई पनि २–१ ले नै हराएको थियो ।

सशस्त्रलाई जिताउन युवराज खड्का र सुदीप शिख्राकारले १/१ गोल गरे । एनआरटीका राजेश परियारले १ गोल फर्काए ।

सशस्त्र सातौं स्थानमा

जितले सशस्त्र ७ अंकसहित सातौं स्थानमा पुगेको छ भने सबैभन्दा खराब लयबाट गुज्रेको एनआरटी १ अंकसहित पुछारमा छ ।

अंकतालिकामा ५ खेलबाट १५ अंक जोडेको मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहँदा गोलअन्तरमा पछाडि पर्दै संकटा दोस्रो स्थानमा छ ।

१३ अंकको त्रिभुवन आर्मी क्लब तेस्रो तथा १२ अंक जोडेको थ्रीस्टार क्लब चौथो स्थानमा छ । १० अंकका पुलिस र हिमालयन शेर्पा क्लब क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

लिगमा बुधबार तीन खेल हुँदैछन् । बिहान ११ बजे मनाङ–मर्स्याङ्दीले जावलाखेल युथ क्लबसित खेल्दा दिउँसो साढे २ बजे हिमालयन शेर्पाले च्यासल युथसँग तथा सरस्वती युथले थ्रीस्टार क्लबसित खेल्नेछ ।