
नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति जारी गरी खुसी व्यक्त गरेका हुन् ।
परिसंघले नयाँ सरकारको गठनसँगै औद्योगिक जगतमा नयाँ आशा छाएको जनाएको छ ।
परिसंघलले राजनीतिक परिवर्तनपछि बनेको नयाँ सरकारले अब आर्थिक परिवर्तन तथा समृद्धिलाई लक्ष्य बनाउने अपेक्षा लिइएको जनाएको छ ।
यसैगरी, नेपाल चेम्बर अफ कमर्सले नयाँ सरकार गठन भएकोप्रति खुसी व्यक्त गर्दै केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारलाई बधाइ दिएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास चेम्बरले व्यक्त गरेको छ ।
राजनीतिक संक्रमणकाल समाप्त भएसँगै मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने विश्वास चेम्बरले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्