
काठमाडौं, फागुन ६ । गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।
एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।
गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ ।
दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् ।
भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्