Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेद्वारा राजीनामा


0
Shares

आफ्नो ६ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले पत्रकारमाझ भने, ‘प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु । नयाँ सरकार गठन भएका सन्दर्भमा शिष्टाचारस्वरुप आफू पदमा रहिनरहने निर्णय गरेको छु ।’

योजना आयोगका पुनःसंरचना नीतिगत तथा योजना निर्माण एवं कार्यान्वयन, दिगो विकास, आर्थिक सुधार, संघीयतामा आयोगको भूमिका, देशभर विविध विषयमा तथ्यांक संकलन, भूइँचालोजस्ता दैवीविपत्तिको प्रभाव मूल्यांकन, केन्द्रीय तथ्यांक विभागको स्तरोन्नति, राष्ट्रिय गौरवका आयोजनाको शीघ्र कार्यान्वयनलगायत विषयमा आयोगले ६ महिनामा उल्लेखनीय काम गरेको बताए ।

नेपालको विकासको भावी कार्ययोजना, राष्ट्रिय विकास स्वयंसेवा, दशवर्षीय विकासको मार्गचित्र, आर्थिक, सामाजिक एवं वातावरणीय उन्नयन, आर्थिक गणना, तथ्यांकमा आधारित नीति तर्जुमा, आधुनिक ऊर्जाको उपयोगजस्ता विषयमा आयोगले तयार पारेका योजनालाई सरकारी अभिलेखमा समावेश गरिएको जानकारी पनि उनले दिए ।

सोही कार्यक्रममा उपाध्यक्ष वाग्लेले आयोगको प्रकाशन ‘१४ वर्षे दिगो विकास लक्ष्य’ सार्वजनिक पनि गरे ।

गत साउनमा उपाध्यक्ष नियुक्त उनले नेपालको दीर्घकालीन विकास दृष्टिकोण, आर्थिक तथा नीतिगत सुधार, भौतिक पूर्वाधार, संघीयतामा वित्त, तथ्यांकमा आधारित नीतिनिर्माण, विकास कूटनीति सञ्चालन, द्विपक्षीय, बहुपक्षीय विकासका साझेदारसँगको सहकार्य र प्राविधिक एवं वित्तीय सहायता प्राप्तिमा भूमिका निर्वाह गरेका थिए । (रासस)

Skip This