१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


इलाममा बल्नै छोड्यो सौर्य बत्ती


0
Shares

केही सडक बत्ती पुरै नबल्नेगरी बिग्रिएका छन् । केहीमा भने मिलिकमिलिक चम्किरहने समस्या आएको छ । बत्ती बिग्रिएका कारण साँझ र रातको समयमा नियमित आवात जावतमा समेत कठिनाई भएको सडक उपभोक्ताको गुनासो छ ।

पोल खरिद र सौर्य बत्ती जडानसहित सम्पूर्ण कामको ठेक्का सिप्रदी इनर्जीले भ्याटसहित एक करोड ८९ लाख ३२ हजार पाँच सय रुपैयाँमा लिएको थियो । गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले यस्तो समस्या देखिएको इलाम नगरपालिका–७ ठुलो टुँडिखेलका स्थानीयबासी दिपेन्द्र चापागाईको भनाइ छ ।

सडकमा हिंड्नेलाई अनियमित रुपमा बिजुली बत्ती चम्किँदा आँखामा समस्या हुने र सवारी चालकलाई बत्ती चम्किएका कारण सवारी चलाउँदा असर पर्ने समस्या देखिएको उपभोक्ताको गुनासो छ । साँझको समयका लागि प्रयोगमा आउने बत्तीले सडकमा एकनासले उज्यालो नदिएपछि सडकमा हिँडडुल गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

‘साँझमा सोलार बत्तीले उज्यालो दिनुपर्नेमा झिपिक्क बल्ने, झिपिक्क निभ्ने गर्नाले, हिँडडुल गर्ने मानिस र सवारी चालकको ध्यान नै बत्तीतिर जान्छ । त्यसबाट सवारी दुर्घटना हुन सक्छ,’ स्थानीयले भने ।

बत्तीको मर्मत गर्न सरोकारवालाले चासो देखाए सम्झौता गरिएको कम्पनीले मर्मत सम्भार गर्नुपर्ने हुन्छ । तर, इलाम नगरपालिकाले पनि यो अवधिमा खासै चासो देखाएको छैन । कम्पनीले एक पटक पनि मर्मत गरेको पाइँदैन । जसका कारण सडकमा जडान गरिएका २ सय बढी सौर्य बत्ती कवाडीमा जाने निश्चितजस्तै बनेको छ ।

६ महिना अगाडि इलाम नगरपालिका सविक वडा नम्बर १, २, ३ स्थित बजार क्षेत्र आसपासमा सौर्य उर्जाको बत्ती जडान गरिएको थियो ।