Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


विराटनगर वारियर्सद्वारा प्रशिक्षक र तीन विदेशी खेलाडी अनुबन्ध


0
Shares

काठमाडौं, मंसिर १७ । यही मंसिर २२ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि विराटनगर वारियर्सले सोमबार तीन विदेशी खेलाडी तथा प्रशिक्षकलाई क्लबमा भित्र्याएको छ ।

अघिल्लो संस्करणको विजेता रहेको विराटनगरले प्रत्येक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियमानुसार नेदरल्यान्ड्सका दुई र हङकङका एक खेलाडी क्लबमा अनुबन्ध गरेको जनाएको छ ।

विराटनगरले नेदरल्यान्ड्सका पाउल भान मिकेरन र रोएलोफ भान डेर मेर्वी तथा भारतका स्मित पटेललाई क्लबमा अनुबन्ध गरेको हो ।

प्रशिक्षकमा भारतका उमेस पटवाललाई नियुक्त गरेको छ । पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक हुन् ।

यही मंसिर २२ देखि पुस ७ गतेसम्म हुने इपीएललाई यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले मान्यता दिएको छ ।

इपीएलमा नेपालको विभिन्न ६ सहरका नामबाट ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि नै केही टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् ।

गत संस्करणदेखि एक टोलीले तीन विदेशी खेलाडी राख्नुपर्ने निर्णय भएको थियो ।

इपीएलमा साविक विजेता विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । रासस