काठमाडौं, मंसिर १७ । प्रस्तावित बिमा विधेयकप्रति निजी क्षेत्रका संगठनका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिमा बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सन्दर्भमा भएको छलफलमा उनीहरुले आपत्ति जनाएका हुन् ।
समितिले बिमा कम्पनी, सर्भेयर, बिमा समितिलगायतका सरोकारवालाहरुसँग विधेयकका विषयमा छलफल गरेको हो ।
बिमक संघ र बिमा सर्भेयर संघ नेपालले विधेयकमा संशोधन गरिनुपर्ने बुँदाहरु राखेका थिए ।
सर्भेयर संघले परिभाषादेखि इजाजतपत्र नवीकरणको अवधि, योग्यता, दायित्व, नियमन शुल्क, उजुरी दिने हदम्यादलगायतका विषयसम्म संशोधन हुनुपर्ने माग गरेको छ ।
संघले प्रस्तावित ऐनले आफूहरुलाई संरक्षण गर्ने नदेखिएको र सर्भेयर पलायन हुने अवस्था आउने भन्दै विधयेक संशोधन गरेरमात्रै पारित गर्न आग्रह गरेको थियो ।
समितिका सभापति कृष्णप्रसाद दाहालले विधयेकको दफावार छलफल गरी अप्ठ्यारा सम्बोधन गरिने आश्वासन दिए ।









प्रतिक्रिया दिनुहोस्