२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सोमबार सुनको मूल्य पुनः उकालो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा १०० ले नै कमी आएर तोलाको ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ५० डलर हाराहारीमा कारोबार भएको थियो ।