२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ताप्लेजुङमा खुल्यो महिन्द्राको शोरुम


0
Shares

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इनकर्पोरेटेड प्रालिले सदरमुकाम फुङ्लिङमा ४२औं महिन्द्रा एन्ड महिन्द्रा शोरुमको स्थापना गरेको हो ।

शोरुमको सोमबार १ नम्बर प्रदेशसभा सदस्यद्वय बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री डाइरेक्टर तापस पटनायकले संयुक्तरुपमा उद्घाटन गरे ।

शोरुममा महिन्द्राका पिकअप, जिप र ट्याक्टर राख्नुका साथै सर्भिस सेवासमेत सुरु गरिएको छ ।

ग्राहकको मागलाई ध्यानमा राख्दै सहज र सुलभ सेवा दिने उद्देश्यले दुर्गम क्षेत्रमा शोरुम विस्तार गरिएको अग्नि ग्रुपका डीजीएम अमित चौधरीले बताए ।