
मुलुकभरका तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठन महासंघले नयाँ सरकार र सबै प्रमुख राजनीतिक दलहरूलाई मुलुुकको आर्थिक विकासका लागि समर्पित रहने आफ्ना घोषणापत्र स्मरण गराउँदै यसप्रति प्रतिबद्ध रहन आग्रह गरेको छ ।
नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसात् गरी आर्थिक समृद्धिको एजेन्डालाई नै प्राथमिकतामा राख्नुपर्नेमा महासंघको जोड छ ।
लामो समयको अन्तरालपछि प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुकमा वामपन्थीहरुको स्थायी सरकार गठन भएको परिप्रेक्ष्यमा अब मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।
मुलुककोे आर्थिक समृद्धि तथा आत्मनिर्भरता र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले यस सरकारले यस्ता उद्योगको विकास र उद्योगबाट सिर्जित उत्पादनको प्रबद्र्धनका लागि नीतिगत व्यवस्था गर्ने अपेक्षा महासंघले गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्