१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पाँचथरका किसानले उत्पादन गरेको ९० प्रतिशत दूधले बजार पाएन


0
Shares

जिल्ला पशुसेवा कार्यालयले पाँचथरमा उत्पादित दूधको करिब १० प्रतिशतमात्र बजारमा पुग्ने गरेको जनाएको छ । बजारीकरणको समस्याले ९० प्रतिशत दूधले बजार नपाएको हो ।

गत आर्थिक वर्षमा जिल्लामा गाई, भैंसी र चौरीको गरी कूल ३७ हजार ९ सय ३६ दशमलव ९ मेट्रिक टन दूध उत्पादन भएकोमा ४ हजार ३७ दशमलव ४ मेट्रिक टन दूधमात्र बजारसम्म पुगेको कार्यालयको तथ्यांकले देखाएको छ ।

बजारसम्म नपुगेको अरु दूध औसत प्रतिलिटर ३९ रुपैयाँमा बिक्री गर्दा १ अर्ब ३८ करोड २० लाख ५९ हजार ४ सय ४० रुपैयाँ आम्दानी हुन्छ ।

कार्यालयका पशुसेवा प्राविधिक निरज भट्टराईले ग्रामीण क्षेत्रमा पर्याप्त दुग्ध प्रशोधन केन्द्र नहुँदा र बजारसम्म लैजान यातायातको भरपर्दो प्रबन्ध नहुँदा किसानले उत्पादन गरेको ठूलो परिणामको दूधले बजार नपाएको बताए । बजारीकरणको अभावले उत्पादित दूध घरमै खपत हुने गरेको किसानहरु बताउँछन् ।