Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


पाल्पा–बुटवल सडक ६ घन्टा बन्द


0
Shares

बेझाड, मंसिर १७ । पाल्पा–बुटवल सडक सोमबारदेखि तीन दिनसम्मका लागि दैनिक ६ घन्टा बन्द हुने भएको छ ।

सोमबारदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखन्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दैनिक ६ घन्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।

त्यस अवधिमा बिहान १० देखि अपराह्न ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकबाहेक अन्य सवारी–साधनलाई पूर्णरुपमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

दिउँसोको समयमा सडक बन्द हुँदा बुटवलदेखि पोखरा, स्याङ्जा, गुल्मी, पर्वत, पाल्पालगायतका जिल्लामा आवत–जावत गर्ने यात्रीलाई समस्या पर्नेछ । रासस