२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मंगलबार नेप्से १७ अंकले ओरालो


0
Shares

बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर १३ सय ९६ विन्दुमा आएर थामियो । होटल समूह र अन्य समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे ।

बिमा समूहमा सबैभन्दा उच्च ११० अंकको गिरावट आयो । उत्पादनमूलक समूहमा ५० अंक, लघुवित्त समूहमा ३७ अंक, जलविद्युत् समूहमा २५ अंकको कमी आयो । विकास बैंक, वाणिज्य बैंक, व्यापार र वित्त समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका १० लाख १९ हजार कित्ता सेयर ४० करोड ५८ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।