कविराज घिमिरे/ईमेज:
धनकुटा । धनकुटाका विभिन्न स्थानमा यतिबेला बढाङ्मी र पापानी पर्वको रमझम देखिएको छ ।
धनकुटा नगरपालिकाको आसपास बस्ने आठपहरीया राई बढाङ्मी र खाल्सा क्षेत्रका राई पापनी पर्व मनाउन व्यस्त छन् । जसका कारण धनकुटा गुञ्जायमान बनिरहेको छ ।
आठपहरीया राई र खाल्सी क्षेत्रका राईहरुलाई आफ्ना महत्वपूर्ण पर्वको रौनकले छोएको छ । जसका कारण धनकुटा यतिबेला स्थानीय बाजागाजाले गुञ्जायमान छ
आठपहरिया जातिको वढाङ्मी चाड खुसियालीको हर्कबढाइँ गर्ने तथा सबै दुःखबाट उम्किने मुख्य चाड हो भने खाल्सा क्षेत्रका राईहरू नयाँ बाली भित्रिएको खुशीमा पापानी चाड मनाउँछन् ।
यस अवसरमा आठपहरिया जातिले हुम्वारक, छिर्लिङे, खावाडा नाँच नाँच्ने गर्छन् ।
परिवारका सदस्यको वियोगको पीडालाई सप्तकोशी कोकाहाखोला र तमोरनदीमा बगाई हर्षोल्लास गर्ने पर्वका रुपमा यसको महत्व रहेकोे स्थानीय सूर्यकुमार आठपहरीयाको भनाइ छ ।
सदरमुकामका आसपासमा करिब १५ हजारको संख्यामा रहेको यो जाती आफ्ना संस्कृति र पहिचानका रुपमा रहेका यी पर्वमा विकृति नभित्रिओस् भन्नेमा सचेत रहेको धनकुटा नगरपालिकाका वडाध्यक्ष जमशेर आठपहरिया बताउँछन् ।
अर्कोतिर खाल्सा क्षेत्रका राईहरुहरु पापानी मनाउनमै व्यस्त देखिन्छन् ।
कार्तिक पूर्णिमापछिको मंगबारका दिन साकेन्वा थानमा पूजा गरी सुरु हुने यो पर्व नयाँ बाली भित्रिएको खुसीयालीमा ६ दिन ६ रातसम्म नाचगान गरी मनाइन्छ ।
जसमा किराँत राईहरुले कुलदेवताको पुजा गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुममा कुम जोडेर नाच्ने गर्छन् ।









प्रतिक्रिया दिनुहोस्