धातु उद्योगबाट चर्चा पाएको टक्सार बजार मै कच्चापदार्थ अभाव भएको छ ।
भोजपुरका धातु उद्योगहरु संकटमा पर्न थालेका हुन् । धातु उद्योगबाट चर्चा पाएको टक्सार बजारमै यतिखेर कच्चापदार्थको अभाव देखिएको हो ।
५० का दशकसम्म पनि यहाँका रैथाने नेवारी समुदयहरुले घरै पिच्छे जस्तै धातुका उद्योगहरु सञ्चालन गरेका थिए ।
पछिल्ला समय करिव ७ घर परिवारले मात्रै यो पेशा अंगालेका छन् । धातु गाल्नका लागि प्रयोग गरिने कोइलाको अभाव हुन थालेपछि यो पेशा संकटमा परेकोे धातु उद्योगी बुद्धरत्न श्रेष्ठ बताउँछन् ।
यो पेशा अंगालेकाहरुले समेत निरन्तरता दिन कठीनाई भैरहेको छ ।
पछिल्ला समय सामुदायीक वन गठन भएसंगै कोइला काट्न प्रतिवन्ध लगाईएपछि कोइला अभावकै कारण उद्योग संकटमा पर्न थालेको हो ।
यि उद्योगहरुलाई सहजरुपमा सञ्चालनका लागि कोइला लगायतका कच्चापदार्थ उपलव्ध गराउनका लागि कानुनि अर्चन समेत परिवर्तन गर्नुपर्ने नगर उद्योग विकास समितिका प्रमुख चेतराज धमला बताउँछन् ।
यहाँका धातुबाट बनेका करुवा, थाल, कचौरालगायतका सामग्री देश तथा विदेशबाट समेत माग हुने गरेको छ ।
यस्ता उद्योगहरु टिकाउन सके स्थानीय तहमा आन्तरिक राजस्व समेत वृद्धी हुने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्