५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


उत्तर कोरियाले गुप्तचर निकायका प्रमुखलाई दक्षिण कोरिया पठाउने


0
Shares

जनरल चोललाई दक्षिण कोरियाविरुद्ध विभिन्न आक्रमणहरू गराएको आरोप लाग्ने गरेको छ ।

शीतकालीन ओलम्पिक्स्मा चोलको सहभागितालाई दुई कोरियाबीचको तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताइएको छ ।

यद्यपि, उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो छवि सुधार्ने प्रयास गरेकोसमेत विश्लेषण गरिएको छ । दक्षिण कोरियालले उत्तरको पछिल्लो कदमको प्रशंसा गरेको छ ।

सो ओलम्पिकस् समापन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्काले अमेरिकी प्रतिनिधिमन्डलको नेतृत्व गर्ने बताइएको छ ।

ओलिम्पिक्स् उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ र त्यहाँका आलंककारिक राष्ट्रपतिले सहभागिता जनाएका थिए । (एजेन्सी)