
साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम डोटीको दिपायलमा सुदूरपश्चिमको समग्र विकासका लागि गरिएको महोत्सव उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको जनाइएको छ ।
महोत्सवको बिहीबार प्रदेश नम्बर–७ का नवनियुक्त मुख्यमन्त्री त्रिलोचन भट्टले समापन गरेका हुन् ।
मुख्यमन्त्री भट्टलाई प्रदेशको स्थायी राजधानी डोटीमा कायम गर्न सर्वसाधारणबाट संकलन गरिएको हस्ताक्षर संकलन पनि बुझाइएको छ ।
दिपायल–सिलगढी नगरपालिकाअन्तर्गत् पिपल्लाबजारनजिक आयोजना गरिएको महोत्सवमा कृषि, सूचना प्रविधि, स्थानीय उत्पादनहरुका १२० स्टल राखिएका थिए ।
प्रतिक्रिया दिनुहोस्