२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


निगालोका सामानले बजार पाएन


0
Shares

सस्तो र आकर्षक प्लास्टिक तथा टिनका सामानको प्रयोग बढ्दै गएपछि निगालोबाट विभिन्न सामान बनाउनेहरुको पेशा नै संकटमा परेको हो ।

प्लास्टिकको सामानले बजार लिन थालेसँगै यहाँको मौलिक र परम्परागत सिपबाट बनाइएका निगालोका सामाग्रीहरुको प्रयोग घटेको छ । निगालोबाट भकारी, पाथी, सुप्पा, डोइल्या र खा¥या, भुईमा ओच्छ्याउने मान्द्रो र पल्को बनाउने गरिएको छ । तर प्लास्टिकबाट निर्मित सामग्री सस्तो हुन थालेपछि निगालोबाट बनाइएका सामग्री प्रयोगमा कमी आएको स्थानीयको भनाइ छ ।