बैतडी, मंसिर १६ । योंगस्टार क्रिकेट क्लवले लगातार दुई खेलमा जित हासिल गर्दै बैतडीमा जारी बिडीसीए कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम ६ मा स्थान सुरक्षित गरेको छ ।
निंगलाशैनी खेलमैैदान देहीमाडौंमा आज सम्पन्न खेलमा महारुद्र क्रिकेट क्लव गुरुखोलालाई ७ विकेटले हराउँदै योंगस्टार सुपर सिक्समा प्रवेश गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको गुरुखोला ९१ रनमा समेटियो । ९२ रनको लक्ष्य पन्छाएको योंगस्टारले भानदेव ओझाको ३५ रनको मद्दतमा १० ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।
१९ टोली सहभागी प्रतियोगितालाई ६ समूहमा विभाजन गराएर खेलाइएको छ ।








प्रतिक्रिया दिनुहोस्