काठमाडौं, मंसिर १६ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित दर्ता गरेको छ ।
आज भएको खेलमा मच्छिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै फ्रेन्ड्सले पहिलो जित निकालेको हो । एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक–एक गोल गरे ।
जितसँगै फ्रेन्ड्सले ४ अंक जोडेको छ । चार खेलपछि फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
यसअघि फ्रेन्ड्सले ४ खेलमा ३ हार र एक बराबरी खेलेको थियो । लिगमा मच्छिन्द्रको यो तेस्रो हार हो । मच्छिन्द्रले पाँच खेलमा २ अंकमात्र जोडेको छ ।
मच्छिन्द्रले अघिल्ला ४ खेलमा २ हार र २ मा बराबरीको नतिजा निकालेको थियो ।








प्रतिक्रिया दिनुहोस्