२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पुँजी बजार वियरिस ट्रेण्डमा, बजार परिसूचक १२ अंकले घट्यो


0
Shares

बजार परिसूचक नेप्से १२ अंकले घटेर १३७४ विन्दुमा आएर थामियो । होटल समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे ।

बीमा समूहमा सबैभन्दा उच्च ४५ अंकको कमी आयो । जलविद्युतमा १५ अंकको, वाणिज्य बैंक समूहमा १३ अंकको, लघुवित्त समूहमा १२ अंकको, विकास बैंक समूहमा १० अंकको कमी आयो ।

अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४६ कम्पनीको ५ लाख ९८ हजार कित्ता शेयर ३१ करोड ११ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

अघिल्लो साता पनि पूँजी बजारमा गिरावट आएको थियो । अघिल्लो आइतबारको तुलनामा शुक्रबार २६ अंकले घटेर नेप्से परिसूचक १३८६ मा आएर थामिएको थियो ।