१ असार २०८२, आइतबार | Sun Jun 15 2025


छोरी बलात्कार गर्ने पितालाई १६ वर्ष जेल


0
Shares

पीडकबाट क्षतिपूर्तिबापत ३५ हजार रुपैयाँ भराउने आदेशसमेत भएको छ ।

जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको आइतबारको इजलासले बलात्कारमा ६ वर्ष र हाडनाता करणीमा १० वर्षसहित १६ वर्ष कैद फैसला गरेको हो । सुस्त मनस्थितिकी छोरीलाई ती बाबुले पटकपटक बलात्कार गर्दै आएका थिए ।

आमाले थाहा पाएपछि ०७३ चैत २० गते जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । –कान्तिपुर दैनिकबाट