२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


खोटाङमा एकैदिन तीनजना झुन्डिएको अवस्थामा मृत फेला


0
Shares

रुपाकोट–मझुवागढी नगरपालिका–१४ बुईपास्थित ५० वर्षीया तीर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ च्यानडाडाँका ३४ वर्षीय देवीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीया रिना राई मृत फेलापरेका हुन् ।

तीर्थकुमारीको घरनजिकै बडहरको रुखमा झुन्डिएको अवस्थामा सोमबार बिहान शव भेटिएको हो ।

देवीबहादुरको शव च्यानडाँडा जंगलमा चिलाउनेको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा सोमबार बिहान १० बजे प्रहरीचौकी बराहापोखरीको टोलीले फेलापारेको थियो ।

यस्तै, रिनालाई प्रहरीले सोमबार उनकै घरमा मृतावस्थामा फेलापारेको हो । उनी घरको कोठाको बाँसको बलोमा सलको पासो लगाइ झुन्डिएको अवस्थामा फेलापरेकी हुन् । उनी स्थानीय बसन्त राईकी श्रीमती हुन् ।

मृतकमध्ये तीर्थकुमारीको शव पोस्टमार्टमका लागि सदरमुकाम दिक्तेल अस्पतालमा ल्याइएको, देवीबहादुर र रिनको शव पोस्टमार्टमका लागि उदयपुरको गाईघाट लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।