Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मनाङको लगातार पाँचौं जित


0
Shares

काठमाडौं, मंसिर १५ । उपाधि होडमा रहेको मनाङ–मर्स्याङ्दी क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार पाँचौं जित निकालेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गरेर मनाङले लगातार पाँचौं जित निकालेको हो ।

मनाङको जितमा अन्जन विष्ट र आफिज ओलावालेले १/१ गोल गरे ।

मनाङले खेलको ५५औं मिनेटमा अन्जनको गोलबाट अग्रता बनाएको थियो । खेलको ६८औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए ।

खेलमा मनाङका कमल श्रेष्ठले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै मनाङ पाँच खेलबाट १५ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत् छ ।

मनाङसँग पराजित सरस्वती भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ । रासस