
रुकुम, फागुन १५ । केही वर्ष पहिले रुकुममा प्रशस्त मात्रामा देखिने गिद्ध पछिल्लो समयमा हराउँदै गएका छन् ।
खोलानाला, वनजंगल र ओढारमा प्रशस्त देखिने गिद्ध पछिल्लो समयमा देखिन छाडेका हुन् ।
गिद्धका लागि प्रख्यात मानिएको आठबिसकोट, गोतामकोट, घेत्मा, बाँफीकोट, सिस्ने, हुकाम, मैकोटलगायतका ठाउँमा पनि अहिले गिद्ध देखिनै छोडेका छन् ।
गिद्धको आहार सिनो र मरेका जनावर हुन् । तर पछिल्लो समयमा पर्याप्त आहारा नहुँदा गिद्ध हराउँदै गएको जिल्ला वन कार्यालय रुकुमले जनाएको छ ।
पशु मरेपछि गाड्ने चलन बढ्दै गएकाले गिद्धको आहारामा कमी आएको बताइएको छ । रुकुम सुन गिद्ध र खैरो गिद्धका प्रख्यात स्थल हो ।
प्रतिक्रिया दिनुहोस्