
जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको ३ (२) बमोजिम लिम्बूलाई ८ वर्ष कैद र रु २५ हजार पीडितका नाममा क्षतिपूर्ति भराउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
१३ वर्षीया एक बालिकालाई २०७३ साल चैत २६ गते बलात्कार गरेको आरोपमा लिम्बूलाई प्रहरीले गत वैशाख २ गते पक्राउ गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्