२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मंगलबार सेयरबजार सुधारियो


0
Shares

बजार परिसूचक नेप्से ५ अंकले सुधारिएर १३ सय ६४ विन्दुमा आइपुग्यो । यसदिन कारोबार भएका आधाजसो समूह रातो रहे भने आधा समूह हरियो रहे ।

उत्पादनमूलक समूहमा सबैभन्दा उच्च १० अंकको कमी आयो भने होटल समूहमा सबैभन्दा उच्च ३१ अंकको वृद्धि आयो ।

बिमा समूह २ अंकले, जलविद्युत् समूह १ अंकले र विकास बैंक समूह झिनो अंकले ओरालो लागे । अन्य समूह ११ अंकले, वाणिज्य बैंक समूह ५ अंकले, वित्त समूह ३ अंकले र लघुवित्त समूह सामान्य अंकले सुधारियो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीका ११ लाख ५१ हजार कित्ता सेयर ५५ करोड ६८ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।