२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चौथो धनकुटा महोत्सवको तयारी तिब्र, महोत्सवमा हेलिकोप्टर शयर गर्न पाइने


0
Shares

धनकुटा, फागुन १६ । चौथो धनकुटा महोत्सव र प्रदेश नम्बर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तिब्र पारिएको छ ।

मेला स्थलमा गेट निर्माण, स्टल निर्माणलगायत अन्य प्रचारप्रसारको कामलाई तिव्रता दिइएको हो ।

यही फागुन २० गतेदेखि ३० गतेसम्म धनकुटाको टुंडीखेलमा चौथो धनकुटा महोत्सव र प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला गर्न लागिएको हो ।

महोत्सवमा सहभागी हुनेहरुलाई पर्यटकीय स्थल अवलोकन गराउन हेलिकोप्टरको समेत व्यवस्था गरिने भएको छ ।