
काठमाडौं, मंसिर १४ । कृष्ण ट्रेडिङ कन्सर्नले नयाँ कुचिना ब्रान्डको मोडुलर किचेन स्थानीय बजारमा ल्याएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेस्थित आफ्नै शोरुममा कुचिना ब्रान्डका मोडुलर किचेनको कम्पनीका प्रबन्ध निर्देशक नामित बाजुरियाले उद्घाटन गरेका हुन् ।
उनले नेपालमा अझै धेरै शोरुमहरुको विस्तार गर्ने आफूहरुको योजना रहेको बताए ।
ग्राहकहरुको सुविधाका लागि हरेक ४/४ महिनामा ग्राहकहरुको घरमै गइ सामान मर्मत गरिने निर्देशक मुदित मुराकाले बताए ।
मार्बल बिक्री गर्दै आएको कन्सर्नले पहिलोपटक किचेन सामग्रीको बिक्री सुरु गरेको हो ।
सबै सामानहरु भारतबाटै मगाइने र प्रत्येक किचेनको सामग्रीमा पाँच वर्षको ‘वारेन्टी’ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्