Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


चार महिनामा व्यापार घाटा साढे चार खर्ब, पेट्रोलियम पदार्थमात्र ७० अर्बको आयात


0
Shares

काठमाडौं, मंसिर १४ । चालू आर्थिक वर्ष २०७५/०७६ को चार महिना अर्थात् कात्तिक महिनामा व्यापार घाटा साढे चार खर्ब नाघेको छ ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आ.व. २०७५/७६ को प्रथम चार महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.१ प्रतिशतले वृद्धि भइ  रु. ५१३.०३ अर्ब  पुगेको छ ।

यस अवधिमा नेपालको कुल निकासी १०.७ प्रतिशतले वृद्धि भई रु २९.२८ अर्ब तथा कुल पैठारीमा ३८.१ प्रतिशतले वृद्धि भइ रु. ४८३.७५ अर्ब पुगेको छ ।

चालू आर्थिक वर्ष २०७४/७५ को समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ४०.३ प्रतिशतले वृद्धि भइ रु. ४५४.४७ अर्ब पुगेको छ ।

आ.व. २०७४/७५ को प्रथम चार महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः१३.२ भएकामा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः१६.५ रहन आएको केन्द्रले जनाएको छ ।

यस अवधिमा पेट्रोलियम पदार्थमात्र ७० अर्ब रुपैयाँको आयात भएको छ ।

त्यसैगरी, फलाम तथा फलामका उत्पादनहरु ५८ अर्बको, मसिनरी तथा पार्टस् ३७ अर्ब र यातायातका साधन तथा पार्टस् पनि ३७ अर्बकै आयात भएको केन्द्रको तथ्यांक छ ।