२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाँचौं प्राचीन कपिलवस्तु महोत्सवको तयारी पूरा


0
Shares

तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३० गतेसम्म सन्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

भगवान् गौतमबुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन र बुद्धसँग जोडिएका स्थानहरुको प्रचारप्रसार गर्नका लागि महोत्सव आयोजना गरिएको जनाइएको छ ।

महोत्सवमा कृषि, पर्यटन, व्यापार, बालउद्यान, मनोरन्जन, गौतमबुद्ध र प्राचीन कपिलवस्तुको झल्को दिने सामग्रीहरु प्रदर्शनीमा राखिनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ ।

महोत्सवमा एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका संयोजक तथा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले बताए ।

डेढ लाख बढी दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान आयोजकको छ ।