२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुँजीबजार घट्नेक्रम रोकिएन, २९ अंकको गिरावट


0
Shares

साताको सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा करिब २९ अंकले घटेर अन्तिम दिन करिब १३ सय ४६ अंकमा आइपुग्यो । गत साता पनि नेप्से २६ अंकले झरेको थियो ।

यो साता कारोबार भएका सबै समूहमा गिरावट आयो । बिमा समूह सबैभन्दा उच्च २७६ अंकले ओर्लियो ।

यस्तै, जलविद्युत् ५९ अंकले, होटल ५४ अंकले, लघुवित्त ५१ अंकले, उत्पादनमूलक ४७ अंकले झर्‍यो । विकास बैंक समूह ३० अंकले घट्यो भने वाणिज्य बैंक समूहमा पनि १८ अंकको गिरावट आयो ।

यो साता कारोबार परिमाणमा भने सामान्य वृद्धि आयो । १७४ कम्पनीहरुको एक अर्ब ९६ करोड ३८ लाख रुपैयाँ बराबरका ४५ लाख २६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १७६ कम्पनीहरुको एक अर्ब ७० करोड ७० लाख रुपैयाँ बराबरका ४२ लाख ४८ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा १५ प्रतिशतले बढी हो ।

यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स एवं कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।