२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


अनावश्यक, झन्झटिलो ऐन–नियम खारेज गर्न सरकार दृढ : अर्थमन्त्री


0
Shares

परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी आर्थिक, उद्योगसम्बन्धी कानुन र नीतिगत सुधार गरी लगानीयोग्य वातावरण प्रत्याभूत हुनेगरी कार्य गर्नुपर्नेमा जोड दिएको छ ।

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले निजी क्षेत्रको लगानी आकर्षित गर्न लगानीसँग सम्बन्धित ऐन–नियमहरुको पुनरावलोकन गर्न र अनावश्यक, झन्झटिलो ऐन–नियम खारेज गर्न सरकार दृढ रहेको बताए ।

लगानी बोर्ड ऐन समयसापेक्ष नभएको र अन्तर मन्त्रालय समन्वयको समस्यासमेतको कारण अपेक्षित परिणाम देखाउन नसकेको सन्दर्भमासमेत त्यस्ता ऐन पुनरावलोकन गरिने अर्थमन्त्री डा. खतिवडाले बताएको जनाइएको छ ।