Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु : दाहाल


0
Shares

आइतबार राजधानीमा आयोजित कार्यक्रममा माओवादी नेता दीनानाथ शर्माको निवन्धसंग्रह ‘बाह्रखरीको बोटमुनी’ विमोचन गर्दै दाहालले अन्य पार्टीहरुसँग पनि एकताको प्रक्रिया अघि बढाउने बताए ।

आफ्नो इच्छा हुँदाहुँदै पनि साहित्यमा सक्रिय हुन नपाएको भन्दै दाहालले आफू प्राकृतिकरुपले नै अलि बढी संवेदनशील रहेको बताए । ‘म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु । उपन्यास र निबन्ध पढ्दा पनि भावुक हुन्छु,’ उनले भने, ‘राजनीति र घटनाक्रमको चपेटामा मैले चाहेजस्तो समय दिन र ध्यान दिन सकेको छैन । अहिले म जे चाहन्थे, दीनानाथ जीले त्यो अभिव्यक्त गर्नुभएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र आफूप्रति लक्षित गर्दै दाहालले एकजना १४ वर्ष जेल बसेर, एकजना १४ वर्ष वनवास बसेर अनेक उतारचढाव भोगेर अब एक हुने ठाउँमा पुगेको बताए । ‘राष्ट्र बलियो बनोस् भन्ने जनताको चेतना र चाहना हुँदैनथ्यो भने यो सम्भव थिएन,’ उनले भने, ‘अन्ततः इतिहासको निर्माता जनता नै हुन् भन्ने प्रमाणित भएको छ । अब समय फेरिएको छ, श्रमद्वारा सिर्जना गर्ने जनता नै इतिहासका निर्माता हुन् ।’

आफू प्रधानमन्त्री हुँदा साझा प्रकाशनको समस्या समाधान गर्न आफ्नो तर्फबाट केही कामहरु भए पनि त्यो पर्याप्त नभएको उनले बताए ।

विमोचित निबन्ध संग्रहमा २० वटा निबन्ध छन् ।

Skip This