
धनकुटाका उत्पादन, व्यापार व्यवसाय, पर्यटन लगायतको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित औद्योगिक मेला आइतबार उद्घाटन गर्दै उनले यस्तो दावी गरेका हुन् ।
संविधान कार्यान्वयन पश्चात मुलुकमा रहेका सबै अन्योल हटेको समेत उनले बताए । निजी क्षेत्रको सहभागितामा प्रदेश १ लाई सम्बृद्ध बनाइने उनको जिकिर थियो ।
आइतबारदेखि धनकुटा महोत्वसव एवं औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी सुरु भएको हो । उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा ‘कृषि, पर्यटन, स्वास्थ्य, स्वरोजगार, उद्योग र व्यापार, समुन्नत प्रदेश नं. १ को आर्थिक विकासको मुल आधार’ भन्ने मूल नाराका साथ मेला गरिएको हो ।
धनकुटाको तल्लो टुँडिखेलमा आयोजना गरिएको महोत्सवमा कूल १५० वटा स्टल राखिएका छन् ।
यहाँ नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश १९ प्रकारका वस्तु, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तुहरु तथा कला संस्कृति प्रदर्शन गरिएको छ ।
फागुन ३० गतेसम्म चल्ने महोत्सव अवधिभर करिव १ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने र करिब ३ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्