Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


‘नवलपरासी औद्योगिक व्यापार मेला २०७५’ सुरु


0
Shares

नवलपरासी, मंसिर १४ । ‘नवलपरासी औद्योगिक व्यापार मेला २०७५’ सुरु भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा हिजोदेखि मेला सुरु भएको हो ।

मंसिर २३ गतेसम्म चल्ने मेलामा कृषि र पर्यटनलाई जोड दिइएको छ । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं सार्क उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चण्डिराज ढकालले मेलाले जिल्लासँगै राष्ट्रिय क्षेत्रको आर्थिक विकासमा टेवा मिल्ने बताए ।

‘शान्ति, समृद्ध उद्योग र व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ भन्ने नारासहित सुरु भएको मेलाले स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा पहिचान गराई बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्य लिएको बताइएको छ । १५० भन्दा बढी स्टल राखिएको मेलामा काठमाडौं, चितवन, पाल्पा, रुपन्देही, कपिल्वस्तुलगायतका जिल्लामा उत्पादित वस्तुको प्रदर्शनी छ ।

मेलामा ५ करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य लिइएको छ ।