
अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले सेयरबजारबारे नकारात्मक टिप्पणी नगरेको स्पष्टिकरण दिएपनि बजारको वियरिष ट्रेन्ड थामिएन ।
कारोबारको सुरुआती समयमा उकालो लागेर १३ सय १९ पुगिसकेको नेप्से आधा घन्टापछि ओरालो लाग्दै ऋणात्मक रहेको नेप्से त्यसयता सुध्रिन सकेन ।
यसदिन पनि उतार–चढावबीच नेप्से १६ अंकले ओरालो लागेर १२ सय ८७ मा आएर थामियोे ।
व्यापार र होटल समूहमा झिनो सुधारबाहेक अरु सबै समूहमा गिरावट आयो । बिमा समूहमा सबैभन्दा उच्च ११९ अंकको गिरावट आयो ।
उत्पादनमूलक समूहमा ४६ अंक, जलविद्युत् समूहमा ४५ अंक अनि लघुवित्त समूहमा पनि ४३ अंकको कमी आयो । विकास बैंक र अन्य समूह दोहोरो अंकले ओरालो लाग्दा वाणिज्य बैंक समूहमा पनि ९ अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीका ९ लाख ७७ हजार कित्ता सेयर जम्मा ३९ करोड ५२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्