२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रुकुम पश्चिमको चौरजहारीमा हवाई सेवा ठप्प


0
Shares

रुकुम, फागुन २२ । रुकुम पश्चिमको चौरजहारीमा विगत एक वर्षदेखि हवाई सेवा ठप्प भएको छ ।

लामो समयसम्म हवाई सेवा दिँदै आएको हवाई सेवा एक वर्षदेखि ठप्प भएपछि हजारौं यात्रु तथा अत्यावश्यक समस्याका विरामीहरु बढी मर्कामा परेका छन् ।

रुकुम, जाजरकोट र सल्यानका सर्वसाधारणलाई सेवा दिँदै आएको हवाई सेवा ठप्प भएसँगै यात्रुहरुलाई समस्या भएको हो ।

विशेष गरी चौरजहारी र जाजरकोट अस्पतालबाट रिफर गरिएका विरामीहरुलाई समस्या देखिएको छ ।

समयमै उपचार नपाउँदा केही विरामीहरुले अकालमै ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ । हवाई सेवा लामो समयसम्म बन्द भएपछि स्थानीयहरुले आक्रोस पोख्न थालेका छन् ।

यात्रुहरुको चाप र समस्यालाई मध्यनजर गर्दै हवाई सेवा सुचारु गर्न जनप्रतिनीधिले चासो नदेखाएको आरोप स्थानीयको छ ।

नेपालमा हवाई जहाज र पाईलट पर्याप्त नभएका कारण सेवा कटौती गरिएको नेपाल वायुसेवा निगम चौरजहारीका कार्यालय प्रमुख सुरेन्द्र नेपालीले बताए ।

आफुले केन्द्र र क्षेत्रमा ताकेता गरेपनि कुनै पहल नभएको उनको भनाइ छ ।