यूएई, मंसिर १४ । यूएईमा जारी टी–१० लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले लगातार दोस्रो खेलमा खराब प्रदर्शन गरेका छन् ।
सन्दिपको टोली केरला किंग्स हिजो भएको पाँचौ खेलमा नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । खेलमा केरलाले प्रस्तुत गरेको १०२ रनको लक्ष्य वारियर्सले ७ ओभर २ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
सन्दीपले समग्रमा २ ओभरमा ४७ रन खर्चिए । यसअघि चौथो खेलमा पनि सन्दीपले पञ्जावी लिजेन्ड्सविरुद्ध २ ओभरमा २८ रन खर्चिएका थिए ।
यो हारसँगै केरलाको अघिल्लो चरण प्रवेशको अंकगणीतीय सम्भावना बाँकी रहे पनि व्यवहारिक रुपमा भने निकै कमजोर देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्