Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सफल एक्सपो पोखरा तथा तेस्रो मोबाइल मेला सुरु


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, मंसिर १३ । सफल एक्सपो पोखरा तथा तेस्रो मोबाइल मेला बिहीबारदेखि पोखरामा सुरु भएको छ ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।

एक्सपोमा ३०० ओटा स्टल रहेका छन् ।

पोखरासहित सम्पूर्ण राष्ट्रको पर्यटन, औद्योगिक, कृषिजन्य, हस्तकला, कृषिजन्य उत्पादनहरुको प्रवर्धन तथा बजारीकरणमा सघाउ पु¥याउन यस्तो मेला गर्दै गर्दै आएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उल्लेख गरे ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनका स्टल राखिएको मेलामा स्वदेशी उत्पादनको प्रवर्धनका लागि छुट्टै ‘मेड इन नेपाल’ पेभेलियन राखिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

यस्तै, औद्योगिक पेभेलियनमा पोखरा औद्योगिक क्षेत्रका २० ओटा उद्योगका स्टल रहेका छन् । मेलामा मोबाइलका २० स्टल रहेका छन् ।

पोखराको औद्योगिक घराना लक्ष्मी समूहको सफल ब्रान्ड टाइटल स्पोन्सर रहेको एक्सपोबाट ९० लाख रुपैयाँ संकलन गरेर ६० लाख खर्चगरी ३० लाख बचत गर्ने लक्ष्य राखिएको छ ।