Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, मंसिर १३ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा गिरावट जारी रह्यो ।

कारोबार सुरु भएदेखि ओरालो लागेको बजार परिसूचक नेप्से १० अंकले झरेर ११ सय ४८ मा आएर थामियो ।

वित्त र उत्पालनमूलक नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

निर्जीवन बिमा समूह १ सय ५ अंकले झर्‍यो । जीवनबिमा समूह पनि ४७ अंकले ओरालो लाग्यो । लघुवित्त समूह २४ अंकले ओर्लियो । विकास बैंक समूहमा पनि दोहोरो अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीका १० लाख ६२ हजार कित्ता सेयर ३२ करोड ३० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।