Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


फिफा वरीयतामा नेपाल एक स्थान तल


0
Shares

काठमाडौं, मंसिर १३ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै १६२औं स्थानमा पुगेको छ । गत महिना नेपाल १६१औं स्थानमा थियो ।

वरीयताअनुसार दक्षिण एसियामा नेपालभन्दाअघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७औं स्थानमा यथावत् रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औं स्थानमा रहेको छ ।

त्यस्तै, भुटान १८६औं, बंगलादेश १९२औं, पाकिस्तान १९९औं र श्रीलंका २०१औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ । यस्तै, फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौं स्थानमा इंग्ल्यान्ड, पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्वीट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् । रासस