
काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
लामो समयसम्म कांग्रेसको राजनीतिमा सक्रिय राई भोजपुरकी हुन । उनी केहीबेरमै उम्मेदवारी दर्ता गर्न संघीय संसद् भवन बानेश्वर जाँदै छिन् ।
प्रतिक्रिया दिनुहोस्