काठमाडौं, मंसिर १३ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आगामी पुस १३ गते वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गर्ने भएको छ ।
संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार गत वर्ष सम्पन्न राखेप च्याम्पियनसिपमा समावेश गरिएका २९ खेलका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गरिनेछ ।
हरेक खेलका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
सम्मानित हुनेहरुमध्ये एकजनालाई सर्वोत्कृष्ट वर्ष खेलाडी २०७४ प्रदान गरिनेछ ।
गत वर्षहरुमाजस्तै यो वर्ष पनि संघले एकजनालाई २५ हजार नगद पुरस्कार राशीको ‘गजराज जोशी आदर्श खेलाडी सम्मान’ र एकजना खेलकुद पत्रकारलाई १५ हजार रुपैयाँको ‘खेल पत्रकारिता अवार्ड’ दिइनेछ ।
हरेक वर्ष अलग–अलग ठाउँमा आयोजना हुँदै आएको वर्ष खेलाडी पुरस्कार योपटक आगामी शनिबार ऐतिहासिक पाटन दरबार क्षेत्रमा आयोजना हुँदैछ ।








प्रतिक्रिया दिनुहोस्