२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेप्से पुनः १३ सयमाथि


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर १३ सय १५ पुग्यो ।

उत्पादनमूलक समूह झिनो अंकले रातो रहेबाहेक अरु सबै समूहमा सुधार आयो । बिमा समूहमा सबैभन्दा उच्च १६१ अंकको वृद्धि आयो ।

जलविद्युत् समूह ३० अंकले उकालो लाग्यो । लघुवित्त समूह २५ अंकले र होटल समूह पनि २४ अंकले सुधारियो । विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले बढ्दा अरु समूह भने सामान्य अंकले हरियो रहे ।

कारोबारमा भने अघिल्लो दिनको तुलनामा केही न्यून नै रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीका १० लाख ४७ हजार कित्ता सेयर जम्मा ४२ करोड ६८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।