 
	    काठमाडौं, असार १३ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले, सीमसार, सामुदायिक वन, चुरे संरक्षण, कृषि वन व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिएका छन् ।
संघीय संसद, प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत् उठान गरेका प्रश्नको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट जवाफ दिँदै उनले वन–पैदावार तथा उद्योगमा आधारित उद्योग स्थापना गर्ने नीति सरकारको रहेको जानकारी दिए ।
मन्त्री तामाङले नेपाल स्वच्छ वातावरण महाअभियानमार्फत् वातावरण संरक्षणमा जोड दिएको चर्चा गर्दै सिन्धुपाल्चोकमा सामुदायिक वन अध्ययन केन्द्र स्थापना हुन लागेको जानकारी दिए ।
उनले भने–‘मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृषि वनमा जोड दिएको, संरक्षित क्षेत्रमा सोलार तारबार लगाउने कार्य जारी रहेको छ । वन क्षेत्रको अतिक्रम रोक्न र दीगो विकास गर्न सरकार प्रतिबद्ध छ ।’
जलवायु परिवर्तनको असर वन तथा वातावरण क्षेत्रमा पर्न नदिन विभिन्न कार्यक्रम सन्चालनमा आएको, प्राकृतिक स्रोत संरक्षण, वैज्ञानिक वन व्यवस्थापनमा जोड दिइएको मन्त्री तामाङको भनाइ थियो ।
मन्त्री तामाङले दिएको सो जवाफमाथि सांसद प्रेम सुवालले भूकम्पपीडित जनताले घर निर्माण गर्न समयमा किन काठ पाएनन् ? भन्ने प्रश्न गरे ।
सांसद रामबहादुर विष्टले जडीबुटी यार्सागुम्बाकोे महत्वबारेमा प्रस्ट पार्नुपर्ने बताए भने सरिता गिरीले सप्तरीमा हात्ती आतंक नियन्त्रण गर्न के कार्यक्रम छ ? भनी प्रश्न गरिन् । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्