३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मेघा सिटी, स्मार्ट सिटी विकसित गरिनेछ : मन्त्री राई


0
Shares

काठमाडौं, असार १३ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौं उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत् उठान गरेका प्रश्नको जवाफ दिँदै उनले ‘घरबाट सीधै नदीमा ढल मिसाउने कार्य कडाइका साथ नियन्त्रण गर्नेर्छौं’–भने ।

भवन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न, सबै पालिकामा भवनसंहिता कार्यान्वयन गराउन उनीहरुको क्षमता बढाइएको, जनता आवास कार्यक्रम प्रदेश तहबाट सन्चालन गर्न रकम विनियोजन भएको मन्त्री राईले जानकारी दिए ।

उनले एकीकृत सहरी विकास गर्न संघअन्तर्गत् कार्यक्रम राखी देशका १५० नगरपालिका एकीकृत सहरी योजना कार्यान्वयनमा ल्याउन लागेको, सहरलाई मेघा सिटी, स्मार्ट सिटी विकसित गर्न लागिएको जानकारी दिँदै ‘संघीय संसद भवन निर्माणकार्य अगाडि बढेको छ’–भने ।

मन्त्री राईले भने–‘सहरी विकास तथा आवास निर्माण गर्न रकम विनियोजन गर्दा भेदभाव गरिएको छैन । विपन्न समुदायलाई आवास निर्माण गर्दा सरकारले सुविधा दिनेछ ।’

मन्त्री राईको सो जवाफमाथि पूरक प्रश्न गर्दै सांसद प्रेम सुवालले प्रत्येक जिल्लाका जिल्ला सदरमुकामलाई सुविधासम्पन्न गराउन के योजना छ ? भनी प्रश्न गरे ।

सांसद सरिताकुमारी गिरीले सहरी विकास कार्यक्रम नयाँ नगरपालिकामा पनि कार्यान्वयनमा ल्याउन माग गरिन् ।

सांसद दिव्यमणि राजभण्डारीले भूकम्पपीडित जनतालाई थप राहत दिन माग गरे भने राजकिशोर यादवले प्रदेश नम्बर–२ का सहर स्मार्ट, मेघा सिटी बनाउन माग गरे ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री राईले ‘सांसद आवास निर्माणकार्य अगाडि बढाइने, सिराह जिल्लामा बजेट यथेस्ट विनियोजन भएको छ’–भने । रासस