
भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न आफूले चाँडै नै मन्त्रिणपरिषदमा एक प्रस्ताव प्रस्तुत् गर्ने घोषणा पनि उनले गरेका छन् ।
मातृशिशु समाज नेपालको द्विदिवसीय एघारौं सम्मेलनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेशमै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन, प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सा सेवाको केन्द्र विन्दुकारुपमा स्थापित गर्ने प्रस्ताव पेस गर्ने जानकारी दिए ।
सुधारका योजना, दीर्घकालीन दृष्टिकोण, नवीनतायुक्त प्रस्ताव र सुझाव सरकारलाई प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मन्त्री पण्डितले भने–‘सरकारी अस्पतालबाट भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नसकिन्छ ।’
समृद्धितर्फ लम्कने राष्ट्रिय अठोट पूरा गर्न समाजका सबै वर्गबाट सहयोग हुनुपर्ने वास्तविकता औंल्याउँदै उनले ‘अबदेखि भ्रूणको लिंग पहिचान नगर्ने प्रतिबद्धता पनि चिकित्सकहरुबाट व्यक्त हुनैपर्छ’–भने ।
समाजका अध्यक्ष प्रा. डा. मणिन्द्ररञ्जन बरालले मातृशिशुकक्ष देशका सबै अस्पतालमा व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै मातृशिशुको उचित संरक्षण नगरेसम्म कुनैपनि राष्ट्रको भविष्य सुनिश्चि नहुने यथार्थ सुनाए ।
उनले गर्भवती र नवजात शिशुको स्वास्थ्य सेवामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।
सम्मेलनमा मातृशिशु स्वास्थ्यको क्षेत्रमा चिकित्सा क्षेत्रमा भएका नवीनतम् उपलब्धि, नेपाली माता र शिशुले जन्मपछिका बाल्य अवस्थामा झेल्नुपरेका समस्यालगायत विषयमा गहन विचार–विमर्श हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्